Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुपन्देही–२ बाट विष्णु पौडेल एकल उम्मेदवार सिफारिस

रुपन्देही–२ बाट विष्णु पौडेल एकल उम्मेदवार सिफारिस

आइतवार , पौष २०, २०८२

रुपन्देही । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि पार्टीले एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय कमिटीको बैठकले पूर्व उपप्रधानमन्त्री एवम पूर्व अर्थमन्त्री पौडेलको नाम एकल उम्मेदवारको रूपमा सिफारिस गरेको हो। पौडेल यस क्षेत्रमा २०५६ सालदेखि निरन्तर उम्मेदवार भएका हुन् भने २०६४ सालदेखि लगातार जित हासिल गर्दै आएका छन् ।

पटक पटक मन्त्री, अर्थमन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कारण उनी यस क्षेत्रमा विकासका योजनालाई अगाडि बढाउन एकल उम्मेदवारको रूपमा पठाइएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077