Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनपछि रास्वपा सहमहामन्त्री विपिन आचार्यले बुझाए चुनावी खर्च विवरण, कति खर्चिए ?

बालेनपछि रास्वपा सहमहामन्त्री विपिन आचार्यले बुझाए चुनावी खर्च विवरण, कति खर्चिए ?

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यले आफ्नो चुनाव खर्चको विवरण बुझाएका छन्।  

चुनाव सकिएको हप्ता दिन नबित्दै आचार्यले खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन् । 

विपिनले दिएको विवरण अनुसार निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको छ।  

उनले खर्चेका ७ वटा शीर्षकमध्ये प्रचारप्रसार सामग्रीमा सबैभन्दा बढी ४ लाख ३५ हजार १२५ रुपैयाँ खर्च भएको छ । सवारी साधनरढुवानीमा ३ लाख ५९ हजार ३५० रुपैयाँ, गोष्ठी अन्तरक्रिया तथा सभामा २ लाख १४ हजार ५५, छापा तथा विद्युतीय माध्यममा २ लाख रुपैयाँ खर्च गरेका छन् ।

यस्तै,कार्यालय सञ्चालन खर्च १ लाख ९७ हजार ३०० र प्रतिनिधि तथा स्वंसेवक परिचालन खर्च १ लाख ८९ हजार ६८० रुपैयाँ रहेको छ ।

उनी दाङ-२ बाट उम्मेदवार बनेर भारी मतका साथ विजयी बनेका थिए । उनले २८ हजार २७२ मतान्तरले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएका थिए।
 
आचार्यले ४३ हजार ५५९ मत ल्याउँदा पोखरेल १५ हजार २८७ मत ल्याएर दोस्रोमा खुम्चिएका छन् ।

यसअघि रास्वपाका वरिष्ठ नेता एवम भावी प्रधानमन्त्रीका दावेदार बालेन्द्र साह बालने आफ्नो चुनावी खर्च विवरण बुझाएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077