Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको समानुपातिक उम्मेदवारबाट पछि हटे सहमहामन्त्री विपिनकुमार आचार्य

रास्वपाको समानुपातिक उम्मेदवारबाट पछि हटे सहमहामन्त्री विपिनकुमार आचार्य

आइतवार , पौष २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

रास्वपाले उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो ।

समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको रास्वपा स्रोतले जनाएको छ ।

आयोगमा १४ पुसको राति बुझाएको ११० जनाको सूचीबाट अहिलेसम्म १२ जनाले नाम फिर्ता लिएका छन् ।

यसअघि डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

विवादित पृष्ठभूमि, गैरराजनीतिक व्यक्तित्व र नेता विशेषसँगको निकटता भन्दै चौतर्फी आलोचना भएपछि नाम फिर्ता लिनेको संख्या बढेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077