Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समयमै सुध्रिएनौँ भने एमाले डाइनासोर बन्छ : गोकुल बाँस्कोटा

समयमै सुध्रिएनौँ भने एमाले डाइनासोर बन्छ : गोकुल बाँस्कोटा

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नराम्रो पराजय भोगेपछि नेकपा एमालेभित्र आत्मसमीक्षाको आवाज उठ्न थालेको छ ।

पार्टीका नेता गोकुल बाँस्कोटाले विगतका संघर्ष र अनुभवलाई आत्मसात गर्दै पार्टीभित्र पुनरावलोकन, पुनर्विचार र पुनर्संरचना आवश्यक रहेको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले पार्टीले समयअनुसार आफूलाई सुधार नगरे भविष्यमा ‘डाइनासोर’ बन्न सक्ने चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, 'नोस्टाल्जिक हुनेगरी पार्टी जीवनका उकाली–ओरालीको फ्ल्यासब्याक पल्टाउन तयार हुनासाथ रिभिजन, रिथिङ्क, रिस्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमै भइहाल्छ।'

बाँस्कोटाले पार्टी संरचना र नेतृत्व शैलीमाथि पनि संकेत गर्दै थपेका छन्, “पिरामिड थियो, फूली थप्न सोली बनायौं। लोकप्रिय छौँ भनेको नेताको मात्रै प्रिय भइएछ। समयले सुधारेन भने डाइनासोर बनिएला क्यार्नु त ? डोन्ट वरी !'

एमालेले अहिलेसम्म ८ स्थानमा मात्रै जित हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077