Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरी २ बाट रास्वपाका रामजी यादव विजयी, सीके राउत तेस्रो

सप्तरी २ बाट रास्वपाका रामजी यादव विजयी, सीके राउत तेस्रो

आइतवार , फाल्गुण २४, २०८२

जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव निर्वाचित भएका छन्। 

यादव २८ हजार ४०४ मतसहित निर्वाचित भएका हुन्।  यादवले २८ हजार ४०४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत पाएका छन्। 

यसअघि २०७९ मा यस क्षेत्रबाट निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई झन्डै तीन गुणा मतान्तरले हराएका छन्। तेस्रो स्थानमा रहेका राउत ले ९ हजार ८८० मत पाएका छन्।

मधेस प्रदेश सभा सदस्यबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट उम्मेदवार  बनेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले ३ हजार ५५७ मत पाएका छन्। 

नेपाली कांग्रेसका रामकुमारी यादवले २ हजार ४९८, राष्ट्र निर्माण दल नेपालका अफरोज आलमले १ हजार १२०, नेकपा एमालेका मोहम्मद जियाउल रहमानले ८८३ मत पाएका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टीका सूर्यनाथ प्रसाद यादवले ४२६ मत पाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077