Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको गढ ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

एमालेको गढ ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

आइतवार , फाल्गुण २४, २०८२

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । 

आज आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३२ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । 

रास्वपाका खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत पाएका छन् ।

एमालेको गढ रहँदै आएको उक्त क्षेत्रमा उज्यालो नेपाल पार्टीभन्दा एमाले तल परेको छ । उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गर्दा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत पाएका छन् । 

अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७, श्रम संस्कृति पार्टीका सरोज राईले ६ सय ८ मत,  नेपाल मजदुर किसान पार्टीकी चिरीमैया महर्जन (लाखाजु) ले २०७, स्वतन्त्र उम्मेदवार उमंग केसीले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077