भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।
शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्री ४२ हजार ३३३ मत प्राप्त गरी विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका कवीर राणा ८ हजार ३०५ मत प्राप्त गरी तेस्रो भएका छन् ।
उक्त क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका र यो पटक पनि आफै जित्ने दाबी गरेका बस्नेतले यसअघि नै हार स्विकार्दै खत्रीलाई शुभकामना समेत दिइरकेका छन् ।