Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी

स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी

शनिवार , फाल्गुण २३, २०८२

स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन्।

११ जना प्रतिस्पर्धीलाई पछि पार्दै रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरेका छन्। ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका मीनप्रसाद गुरुङले १६ हजार ८०४ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हुकुमबहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९ मत प्राप्त गरेका छन्।

त्यस्तै मंगोल नेसनल अर्गनाइजेसनका यामबहादुर गुरुङले २१६, उज्यालो नेपाल पार्टीका रबिन्द्र मल्लले १७६, नेसनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियारले ५७ र प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३० मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत पाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077