Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी, नेमकिपाका प्रेम सुवाल पराजित

भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी, नेमकिपाका प्रेम सुवाल पराजित

शनिवार , फाल्गुण २३, २०८२

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार रन्जितले नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का प्रेम सुवाललाई भारी मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी सुवालले २८ हजार १७८ मत प्राप्त गरेका छन्। रन्जितले सुवाललाई ५ हजार २५८ मतान्तरले हराएका हुन्।

यसैगरी नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत, नेकपा ९एमाले०का सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का भरत खड्काले २ हजार ४७२ मत र नेकपाका हरिराज लवजुले १ हजार १७७ मत प्राप्त गरेका छन्।

यसअघि भक्तपुर–१ नेपाल मजदुर किसान पार्टीको बलियो आधार क्षेत्रका रूपमा चिनिँदै आएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077