बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले शुरुवाती अग्रता लिएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १०२५ मत गणना हुँदा भण्डारी ३६८ मतले अगाडी छन् ।
भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले २५८ मतसहित उनलाई पछ्याइरहेका छन् ।
यस्तै एमालेका दामोदर भण्डारीले १८७ मत ल्याएका छन् भने नेकपाका परमानन्द भट्टले ११४ मत ल्याएका छन् ।
त्यसैगरी राप्रपाका भुपेनबहादुर चन्दले १० मत ल्याएका छन् ।
१ हजार २५ मत गणना हुँदा ७५ मत बदर भएको छ । जिल्लाभरीमा कुल ७३ हजार १४८ मत खसेको थियो ।