'औपचारिक घोषणा हुन बाँकी'
रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् ।
बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।
यद्यपि उनको औपचारिक विजयी घोषणा भने गरिएको छैन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल प्रतिस्पर्धा गरिरहेको रुकुम पूर्व निर्वाचन क्षेत्रमा कुल ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। उक्त क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो।