Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताप्लेजुङमा मतगणना विवादमा, धाँधलीको आरोप लगाउँदै रास्वपाले दियो उजुरी

ताप्लेजुङमा मतगणना विवादमा, धाँधलीको आरोप लगाउँदै रास्वपाले दियो उजुरी

शुक्रवार , फाल्गुण २२, २०८२

ताप्लेजुङ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले मतगणनामा धाँधली भएको आरोप लगाउँदै उजुरी दिएका छन् । 

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर-४, लिङतेपस्थित मतदान केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्  ।

रास्वपाले दिएको उजुरी अनुसार देशभर औसत ५१ प्रतिशत मतदान भएको अवस्थामा लिङतेप केन्द्रमा मात्रै ८८ प्रतिशत मत खस्नु शंकास्पद देखिएको छ ।

उम्मेदवार श्रेष्ठले दिएको उजुरीमा मृत्यु भइसकेका, वैदेशिक रोजगारीमा रहेका तथा हाल सो स्थानमा बसोबास नगर्ने व्यक्तिहरूको नाममा समेत ३७ प्रतिशतभन्दा बढी फर्जी मत खसालिएको दाबी गरिएको छ ।

साथै फर्जी मत छानबिन नभएसम्म ताप्लेजुङको मतगणनामा आफ्नो पार्टी सहभागी नहुने अडान लिएका छन्। 

त्यस्तै श्रेष्ठले चुनावमा फर्जी मत देखाउने दोषीलाई कारबाही गर्न पनि माग गरेका छन्। 

यता ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले भने मतदान प्रक्रियामा नै  धाँधली भएको भए त्यहीँबाट उजुरी दिएर मतदान प्रक्रिया नै रोक्नुपर्नेमा कुनै पनि निवेदन नदिएको र कानुनी प्रक्रियाअनुसार नै मतपेटिका प्राप्त भएकाले रास्वपाको निवेदन दर्ता हुने खालको नभएको बताएका छन्।

श्रेष्ठले आज बिहान १० बजे बसेको सर्वदलीय बैठकमा मात्रै त्यो विषय जानकारी गराएको उनले बताए । त्यसैले उक्त क्षेत्रको मत गणना अन्योलमा परेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077