Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौं क्षेत्र नं-१ मा समानुपातिक तर्फको मतगणना सुरु

काठमाडौं क्षेत्र नं-१ मा समानुपातिक तर्फको मतगणना सुरु

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । काठमाडौं क्षेत्र नं-१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ ।

प्रत्यक्षतर्फको मतगणना सकिएसंगै समानुपातिक तर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी गराएका छन् ।

प्रत्यक्षतर्फ काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना १५४५५ मतसहित निर्वाचित भएकी छन् ।

६ हजार ३६४ मतसहित नेपाली काँग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे।  

अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन् । 

यस्तै प्रत्यक्षतर्फको नतिजा आइसकेको मुस्ताङमा पनि समानुपातिकतर्फको मतगणना सुरु हुने जनाइएको छ । त्यहाँबाट नेपाली काँग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077