Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिकतर्फ पनि रास्वपाको लोभलाग्दो मत, ४१ लाख कटायो

समानुपातिकतर्फ पनि रास्वपाको लोभलाग्दो मत, ४१ लाख कटायो

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । प्रत्यक्षमा अहिलेसम्म १२४ क्षेत्रमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि लोभलाग्दो मत पाइरहेको छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ सोमबार दिउँसो १२:१५ बजेसम्मको गणनामा रास्वपाले अहिलेसम्म ४१ लाख २७ हजार भन्दा धेरै मत प्राप्त गरेको हो ।

त्यसैसरि नेपाली काँग्रेसले १३,लाख ८७ हजार ५७० मत प्राप्त गर्दा एमालेले ११ लाख ७० हजार ६१३ मत ल्याएको छ।

प्रत्यक्षतर्फ ७ क्षेत्रमा जित निकालेको नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले समानुपातिकतर्फ अहिलेसम्म ६ लाख भन्दा धेरै मत प्राप्त गरेको छ।
हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिक तर्फ २ लाख ९९ हजार २१९ मत पाएको छ। 

यस्तै राप्रपाले २ लाख ८१ हजार ३७१, जसपाले १ लाख ३१ हजार ५९६ र रापपाले १ लाख २५ हजार २६८ मत पाएको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077