Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यी हुन् नेकपाका ९ जना समानुपातिक सांसद

यी हुन् नेकपाका ९ जना समानुपातिक सांसद

आइतवार , चैत्र १, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ९ जना सांसद चयन गर्दै उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

नेकपाले विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुनेगरी नामावली पठाएको हो । खस–आर्य समूहबाट प्रमेश हमाल र बलावती शर्मा सिफारिस भएका छन्।

त्यसैगरी आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गता समूहबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा, तथा थारू समूहबाट निराशा चौधरी डगौरा सिफारिस गरिएको छ।

पार्टीले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै विभिन्न समुदायबाट सांसद छनोट गरेर आयोगमा नाम पठाएको जनाएको छ।

निर्वाचन आयोगले सिफारिस गरिएका नामहरू स्वीकृत गरेपछि उनीहरू समानुपातिक निर्वाचन प्रणालीमार्फत औपचारिक रूपमा निर्वाचित हुनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077