एजेन्सी । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको निधन भएको दुई दिनपछि उनकी पत्नी मन्सुरेह खोझस्तेह बघेरजादेहको पनि मृत्यु भएको पुष्टि गरिएको छ ।
इरानी राज्य सञ्चारमाध्यमका अनुसार अमेरिकी तथा इजरायली आक्रमणमा घाइते भएकी मन्सुरेहको उपचारका क्रममा सोमबार निधन भएको हो ।
उक्त आक्रमणमै खामेनीको ज्यान गएको थियो ।
मन्सुरेहले सन् १९६४ मा त्यतिबेला युवा धार्मिक व्यक्तित्व रहेका अयातोल्लाह अली खामेनीसँग विवाह गरेकी थिइन् ।