Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

सोमवार , फाल्गुण १८, २०८२

रामेछाप । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको जिप दुर्घटना भएको छ ।

जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मन्थलीबाट कालिकादेवी मावि र देउराली माविको लागि निर्वाचन सामग्री र कर्मचारी बोकेर जाँदै गरेको सवारी उक्त गाडी सडकबाट अन्दाजी २ सय मिटर तल झरेको थियो ।

गाडीमा निर्वाचन सामग्रीसहित १०र११ जना निर्वाचनमा खटिएका कर्मचारी थिए ।

प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077