Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको विद्यालयमा आक्रमण, ५१ जनाको मृत्यु

इरानको विद्यालयमा आक्रमण, ५१ जनाको मृत्यु

शनिवार , फाल्गुण १६, २०८२

एजेन्सी । दक्षिण इरानको विद्यालयमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । 

इरानको समाचार एजेन्सी ‘इरना’का अनुसार, दक्षिण इरानी सहर मिनावस्थित छात्राहरूको एउटा प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । ६० जना घाइते भएका छन् ।

सरकारी अधिकारी मोहम्मद रादमेहरलाई उद्धृत गर्दै उक्त एजेन्सीले जनाए अनुसार इजरायलले आज बिहान विद्यालयमा आक्रमण गरेको थियो । 

उनका अनुसार आक्रमण हुँदा विद्यालयमा १७० जना विद्यार्थी थिए । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या  अझै बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077