Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा कास्कीका नेता राजु राईले पनि छाडे पार्टी

रास्वपा कास्कीका नेता राजु राईले पनि छाडे पार्टी

बिहिवार , फाल्गुण १४, २०८२

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत राईले राजनीति इमानदारले मान्छे गर्ने काम नभएको  भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

'राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ ? आजबाट राजनीति र पार्टीको लागि ! कौडी पैसो र !सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ रु स्वतन्त्र नागरिक भएर समाज सेवा मा लाग्नेछु,' राईले फेसबुकमा लेखेका छन् ।

०७९ को निर्वाचनमा कास्की १ बाट लडेका राईले १० हजार ९४१ मत ल्याएका थिए । 

त्यहाँ जित्ने एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत ल्याउँदा राई तेस्रो भएका थिए । 

अहिले पनि टिकटको आकांक्षी रहेका राईराईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ । 

हालसम्म टिकट वितरणमा आर्थिक चलखेल र मनपरी भएको भन्दै एक दर्जन भन्दा बढी रास्वपाका नेताहरूले पार्टी छाडिसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077