Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव आउन एक साता बाँकी रहँदा देउवा सुटुक्क सिंगापुर प्रस्थान

चुनाव आउन एक साता बाँकी रहँदा देउवा सुटुक्क सिंगापुर प्रस्थान

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनाव आउन एक साता मात्र बाँकी रहेका बेला गएराति सिंगापुर प्रस्थान गरेका छन् ।

सुरक्षा उच्च स्रोतका अनुसार उनी राति करिब पौने १२ बजे सहयोगी भानु देउवासहित सिंगापुरतर्फ उडेका हुन् । देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको दाबी गरिएको छ ।

यद्यपि उपचारसम्बन्धी औपचारिक विवरण सार्वजनिक गरिएको छैन। देउवाकी पत्नी आरजु राणा देउवा भने हाल भारतमा रहेकी छन् । 

चुनावी अभियान उत्कर्षमा पुगेका बेला देउवाको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व गगन थापा को हातमा पुगेपछि देउवा सार्वजनिक रूपमा खासै सक्रिय देखिएका थिएनन्। चुनावी मैदानमा उनको उपस्थिति खोजिए पनि उनी अभियानमा प्रत्यक्ष देखिएका थिएनन् ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’ पछि आन्दोलनकारीको आक्रमणमा परेपछि पनि देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077