Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री कार्की

विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री कार्की

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजका प्रत्येक सदस्यलाई विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बताएकी छन् ।

मंगलबार ललितपुरमा समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले समाजका प्रत्येक सदस्य विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु राज्य र नागरिक संघ-संस्था सबैको साझा दायित्व भएको बताइन् ।

उनले स्रोतसाधनमा पहुँच भएका वर्गले वञ्चित र पिछडिएका समुदायका लागि जिम्मेवारीपूर्वक योगदान दिनुपर्छ भन्ने आधुनिक सामाजिक उत्तरदायित्वको मान्यता विकास भएको बताइन्।

अझै मानव कल्याण मात्र नभई सबै प्राणीको अस्तित्व र धर्तीकै कल्याणका निम्ति काम गर्नुपर्ने समय आएको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय विकास साझेदारहरूले नेपालको राष्ट्रिय प्राथमिकता र नेपाली जनताको वास्तविक आवश्यकताअनुसार स्रोतसाधन परिचालन गर्नेमा आफू विश्वस्त रहेको बताइन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077