Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको दाबी- चुनावपछि बन्ने नयाँ सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण रहन्छ

प्रचण्डको दाबी- चुनावपछि बन्ने नयाँ सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण रहन्छ

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनपछि बन्ने नयाँ सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण रहने दाबी गरेका छन् । 

मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको  दाबी गरेका हुन् । सोहीकारण, निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण रहने उनको तर्क छ ।

प्रचण्डले नेकपा गठन भएपछि ध्रुवीकरणको नयाँ माहौल बनेको भन्दै सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने उनले बताए ।  

उनले भने- 'केही समयभित्र अन्ततस् फेरि सबै वामपन्थी कम्युनिस्ट हामी एकै ठाउँमा हुनेछौँ। हामी एकताबद्ध हुनेछौँ। निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। मैले देशभरिको रेकर्ड मैले त दिनदिनै हेरिराखेको छु। सबै हेर्दा दिनप्रतिदिन हाम्रो प्रगति हुँदै गएको छ। हामी एक नम्बर पार्टी हुने सम्भावना छ। नभए पनि हामी प्रतिस्पर्धी पार्टी हुनेछौँ।'

उनले एमालेमा केपी ओलीको कार्यशैलीप्रति निकै विरोध रहेकाले एमालेकै नेता तथा कार्यकर्ताले फेरि एकताको झन्डा उठाउन सहयोग गर्ने र फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने धारणा राखेका छन् ।

साथै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077