Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले भन्यो– अरुप्रति घृणायुक्त अभिव्यक्ति दिनु र झण्डा जलाउनु निन्दनीय कार्य

कांग्रेसले भन्यो– अरुप्रति घृणायुक्त अभिव्यक्ति दिनु र झण्डा जलाउनु निन्दनीय कार्य

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसले चुनाव नजिकिँदै जाँदा समाजमा भइरहेका अराजक गतिविधिप्रति आपत्ति जनाएको छ ।

एकअर्काप्रति घृणा फैलाउनेदेखि झण्डा जलाउनेसम्मका गतिविधिप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

आज पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले भने-' हामी अनुरोध गर्न चाहन्छौँ, जनता–जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्‍याउने, सामाजिक द्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनै पनि पार्टीबाट हुनु हुँदैन । कसैको पनि आस्थामा चोट पुर्‍याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झण्डा जलाउने गतिविधि नेपाली कांग्रेस निन्दनीय कार्य हो भनी ठान्दछ ।  यस्ता गतिविधिहरु तत्काल बन्द गरिनुपर्दछ।'

प्रवक्ता चालिसेले आस्था फरक भएकै आधारमा हुने असहिष्णु गतिविधि सैह्य नहुने बताए ।

केहिदिन अघि दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकाहरूको भिडमा एमालेको झण्डा जलाइएको थियो ।

 रास्वपा समर्थित भीडले केपी ओलीविरुद्ध नाराबाजी समेत झन्डा लगाएका थिए । तर, रास्वपाले झण्डा जलाउने आफ्ना कार्यकर्ता नभएको भन्दै स्पष्टी करण दिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077