Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सुरक्षाका लागि धनगढीबाट इन्स्पेक्टर जोशीसहित ३० जनाको टोली बझाङ हिड्यो

निर्वाचन सुरक्षाका लागि धनगढीबाट इन्स्पेक्टर जोशीसहित ३० जनाको टोली बझाङ हिड्यो

आइतवार , फाल्गुण १०, २०८२

धनगढी । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा थप सुरक्षाकर्मी पठाइरहेको छ ।

आइतबार निर्वाचन सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयहरूमा थप मद्धत पठाउने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट जिल्ला प्रहरी कार्यालय बझाङका लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमाकान्त जोशीसहित ३० जनाको प्रहरी टोली खटाइएको हो ।

बझाङलाई पनि निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील जिल्लाका रुपमा राखिएको छ । यसअघि शनिबार अछाम, कैलाली र कञ्चनपुरमा १९५ जना प्रहरी पठाइएको थियो ।

सुदूरपश्चिम पहरीका अनुसार मतदान केन्द्रहरूको सुरक्षा, संवेदनशील क्षेत्रको निगरानी तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न अतिरिक्त जनशक्ति परिचालन गरिएको हो ।

खटिएको टोलीले स्थानीय प्रहरीसँग समन्वय गर्दै मतदान पूर्व, मतदानका दिन र मतगणना अवधिभर सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्नेछ ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा निर्वाचन सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै थप प्रहरी परिचालन गर्ने क्रम जारी रहेको जनाइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077