Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई हबलदारसहित १२ प्रहरी सम्पर्कबिहीन [सूचीसहित]

दुई हबलदारसहित १२ प्रहरी सम्पर्कबिहीन [सूचीसहित]

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि गैरहाजिर रहेका दुईजना प्रहरी हबलदारसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न दरबन्दीमा कार्यरत १२ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन रहेको जनाएको हो ।

कार्यालयका अनुसार उनीहरूलाई सात दिनभित्र स्पष्ट कारणसहित हाजिर हुन निर्देशन दिइएको छ।

सूचनाअनुसार २ जना प्रहरी हबलदार, ९ जना प्रहरी जवान र एकजना कार्यालय सहयोगी गैरहाजिर रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले तोकिएको समयभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077