Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने- 'जनताबाट फ्याँकिएकाले चुनावबारे भ्रम छर्दै छन्

पूर्वराजाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने- 'जनताबाट फ्याँकिएकाले चुनावबारे भ्रम छर्दै छन्

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार पार्टीको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । 

उनले भने- ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसले चुनाव हुँदैन भन्छन् । म पार्टीको तर्फबाट यस्ता कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु ।’

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहले देशका समस्या समाधान नगरी गरिएको चुनावबाट निकास नआउने अभिव्यक्ति दिएका थिए । सोही भनाइप्रति असन्तुष्टि जनाउँदै दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

साथै आफूहरूले सुरुदेखि नै देशको निकासको लागि चुनावको विकल्प नभएको कुरा गर्दै आएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077