खोटाङ । नेपाल समाजवादी पाटी (नेसपा) तथा नेकपा एमालेका एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
जिल्लाको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा बिहीबार आयोजित कार्यक्रममा नेसपाकी केन्द्रीय सदस्य साबित्रा राईसहित एमालेका जिल्ला सदस्यहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा एमाले जिल्ला सचिवालय सदस्य आशिष राई, जिल्ला सदस्य प्रेम राई, एमाले केपिलासगढी गाउँपालिका अध्यक्ष सन्तोष राई, सचिव विशाल राई, एमाले केपिलासगढी–४ का वडाध्यक्ष दिनेश राई, २ का वडाध्यक्ष डिकबहादुर राई, ७ का वडाध्यक्ष योमन राई र २ का वडा सचिव अर्जुन राईसहित एक सय ७७ जना र्हेका छन् ।
उनीहरूलाई श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडालले पार्टीमा स्वागत गरेका थिए ।
यसअघि फागुन २ गते पनि नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य कुल्दिप राई, दिपक राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का उपाध्यक्ष रविनकुमार राई, नेपाली कांग्रेस विजयखर्कका पार्टी सभापति सन्तोष राईसहित १०६ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

योसंगै निर्वाचनको मिति नजिकिँदै गर्दा खोटाङमा श्रम संस्कृति पार्टीको पक्षमा जनलहर बढ्दै गएको देखिन्छ।