Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काँग्रेसको चुनावी सभा फागुन १७ का लागि तय, वक्तामा गगन–विश्वसहित शीर्ष नेताहरू

काँग्रेसको चुनावी सभा फागुन १७ का लागि तय, वक्तामा गगन–विश्वसहित शीर्ष नेताहरू

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेपाली काँग्रेसले आगामी फागुन १७ गते काठमाडौंमा चुनावी सभा आयोजना गर्ने तयारी गरेको छ।

सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी गराएका हुन् ।

प्रवक्ता चालिसेका अनुसार, अन्य प्रदेशमा पनि ठूला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको तर कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने शनिबार टुंगिने छ । 

सभामा पार्टीका सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहित अन्य शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन्।

काँग्रेसले फागुन ६ गते जनकपुरमा मधेस क्षेत्रको सभा गरेर आफ्नो चुनावी कार्यक्रम सुरु गरेको थियो। त्यसपछि फागुन ७ गते काठमाडौँको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

पार्टीले अन्य प्रदेशहरूमा पनि ठूला चुनावी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077