Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावको मुखमा रास्वपा छोड्नेको लर्को, बागमतीका उपसभापति हुमागाईंले पनि छाडे पार्टी

चुनावको मुखमा रास्वपा छोड्नेको लर्को, बागमतीका उपसभापति हुमागाईंले पनि छाडे पार्टी

बिहिवार , फाल्गुण ७, २०८२

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी छाडेका छन् ।

बिहीबार उनले रास्वपाको प्रदेश उपसभापति पद र पार्टीबाट साधारण सदस्यता समेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवारसमेत रहेका हुमागाईंले वर्षौदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाएका छन् । 

हुमागाईंले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाएका छन् ।

बुधबार मात्रै २०७९ साल साउन १० गते रास्वपा प्रवेश गरेकी  मधेसकी संस्थापक सभापति ममता शर्माले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् । 

शर्माले पनि पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र मधेसमा टिकट वितरणमा आर्थिक अनियमितता भएको आरोप समेत लगाएकी थिइन् । 

यस्तै बुधबार नै रास्वपा मधेसकी संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)ले  सामाजिक सञ्जालमा लेख्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी आफूले पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन्  । 

गत निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी भुर्तेलले पनि पार्टीमा निरन्तर खटिएका क्षमता भएका नेताहरुको मूल्यांकन नगरिएको र आर्थिक अनियमिततामा पार्टी लिप्त भएको आरोप लगाएकी थिइन् ।

यसअघि माघ २२ गते रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा श्री कुँवरले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए । 

त्यसअघि  कात्तिक २८ गते  पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी छोडेका थिए । यसैगरी  असोज १० गते रवि लामिछानेको अपराधको साँची बन्न नसकिने भन्दै केन्द्रीय सदस्य डा। प्रभात अधिकारीले समेत राजीनामा दिएका थिए । 

यस्तै २९ भदौ गते नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै केन्द्रीय सदस्य सुमना श्रेष्ठले र हरि भट्टले पनि राजीनामा दिएका थिए । जेनजी पुस्ताको विद्रोहपछि रास्वपामा राजीनामा दिने क्रम बढेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077