काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्दैछ ।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
बिहीबार दिउँसो १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईँको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिए ।
सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको सङ्क्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता चालिसेले बताए ।