Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीको जंगलमा भेटिएको युवतीको शवको पहिचान खुलेन, स्केच सार्वजनिक

कैलालीको जंगलमा भेटिएको युवतीको शवको पहिचान खुलेन, स्केच सार्वजनिक

पहिचान खोज्दै प्रहरी

बुधवार , फाल्गुण ६, २०८२

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–१ तल्लोपानीस्थित नव प्रगतिशील सामुदायिक वनको जंगलमा गत शनिबार दिउँसो फेला परेको युवतीको शवको अझै पहिचान खुल्न सकेको छैन ।

कैलाली प्रहरीले शवको अनुहार भाग आगोले जलेको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको हो । प्रहरीका अनुसार मृतक युवतीको उमेर करिब २६ वर्ष जति अनुमान गरिएको छ ।

शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले इलाका प्रहरी कार्यालय सुखडले युवतीको काल्पनिक स्केच सार्वजनिक गरेको छ । प्रहरीले उक्त स्केच चिन्न सक्ने व्यक्ति वा मृतकबारे जानकारी हुने जोकोहीलाई नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सुखडमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रहरीका अनुसार मृतक युवतीको शवमा तल्लो शरीरमा कालो फर्मल पाइन्ट, माथिल्लो शरीरमा पिङ्क रङको स्विटर, खुट्टामा सेतोमा कालो धर्सा भएको मोजा तथा कालो जुत्ता लगाएको अवस्थामा फेला परेको थियो ।

त्यस्तै, युवतीको घाँटीमा सुन जस्तो देखिने धातुको लकेट, कानमा टप, हातका दुबै कान्छी औंलामा औंठी, कपालमा हरियो रङको काटा, हातमा रातो रङको चुरा, तथा खुट्टाको चोरि औंलामा बिछिया (रिङ) लगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती युवतीको हत्या गरिएको प्रहरीको अनुमान छ । यद्यपी शवको पहिचान खुलेपछि मात्र घटनाको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077