Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषामा २० वर्षीय युवकको हत्या, घाँटी रेटिएको अवस्थामा शव फेला

धनुषामा २० वर्षीय युवकको हत्या, घाँटी रेटिएको अवस्थामा शव फेला

शुक्रवार , फाल्गुण १५, २०८२

धनुषा । धनुषाको औरही गाउँपालिका–६ मा एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो । मृतक हंसपुर नगरपालिका–९ रुदौलीका करिब २० वर्षीय सुमित मण्डल रहेका छन्।

प्रहरीका डीएसपी गणेशबहादुर बमका अनुसार बिहीबार बेलुका घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

परिवारजनका अनुसार मण्डल बुधबार साँझ मोटरसाइकल लिएर घरबाट निस्केका थिए। त्यसपछि उनी सम्पर्कबिहीन भएका थिए। बिहीबार खेतमा उनको शव फेला परेको हो।

घटनाको प्रकृति हेर्दा बुधबार राति नै हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। सम्भावित संलग्न व्यक्तिको खोजी र घटनाको कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको डीएसपी बमले जानकारी दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077