Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख जलाइएको अवस्थामा जंगलभित्र भेटियो युवतीको शव

मुख जलाइएको अवस्थामा जंगलभित्र भेटियो युवतीको शव

शनिवार , फाल्गुण २, २०८२

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित तल्लोपानी क्षेत्रमा जंगलभित्र एक युवतीको शव फेला परेको छ । शनिबार दिउँसो नवप्रगतिशील सामुदायिक जंगलमा अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको हो । 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार शवको पहिचान खुल्न सकेको छैन । शवको मुख भाग जलाइएको अवस्थामा भेटिएकाले पहिचान गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएको शवको अवस्था हेर्दा युवतीको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ। 

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहित टोली परिचालन गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट समेत अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ । प्रहरीले घटनास्थलको सूक्ष्म अध्ययन गर्दै आवश्यक प्रमाण संकलन गरिरहेको छ ।

शवको पहिचान तथा घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान तीव्र बनाइएको कैलाली प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077