Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई हराउने ओलीको दाउ, यस्तो छ ४२ बुँदे प्रतिबद्धता (पूर्णपाठ)

बालेनलाई हराउने ओलीको दाउ, यस्तो छ ४२ बुँदे प्रतिबद्धता (पूर्णपाठ)

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

दमक सभाहल सञ्चालन, आदिवासी सङ्ग्रहालय निर्माण र प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यलाई ओलीले आफ्नो मुख्य एजेण्डा बनाएका छन् । 

‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाइएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

राजनीतिक स्थायित्व र पपुलिजमको विरोध
प्रति प्रतिबद्धता पत्रमा एमालेले आफूलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार दाबी गर्दै राजनीतिक अस्थिरताका कारण मुलुकले क्षति बेहोर्नुपरेको उल्लेख गरेको छ ।

विशेष गरी पछिल्लो समय राजनीतिमा देखिएको ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ चरित्रले सर्वसाधारणमा भ्रम पैदा गरेको एमालेको ठहर छ ।

ओलीले सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी फैलाइएका तथ्यहीन कुराहरूलाई चिर्दै अधुरा कामहरू पूरा गर्ने जिम्मेवारी एमालेले लिने प्रतिबद्धता व्यक्त गरेका छन् । 


अध्यक्ष ओलीले सुशासनलाई लोकतन्त्रको सुन्दरता भन्दै भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाइने बताएका छन् ।

यस्तै, उनले नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भू–जडित’ मुलुक बनाउन छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिमार्फत कूटनीतिक पहल गर्ने विषयलाई पनि प्राथमिकतामा राखेका छन् । 

एमाले अध्यक्ष ओलीसँग काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर गएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ चुनावी मैदानमा छन् ।

युवाहरुमाझ लोकप्रिय बालेनले आफूलाई हराउन नसक्ने बताउँदै आएका ओली निर्वाचन आफ्नो पक्षमा पार्न दिनरात मतदाताहरुसँग छलफलमा ब्यस्त छन् । तर, बालेन भने देश दौडाहामा लागेका छन् । 

यस्तो छ पूर्णपाठः

oli-menifesto.jpg

oli-menifesto 2.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077