Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेलाई झड्का, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने

रवि लामिछानेलाई झड्का, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरे पनि कास्की जिल्ला अदालतले सोमबार निवेदनमाथि सुनुवाइ गर्दै तत्काल मुद्दा फिर्ता नगर्ने आदेश दिएको हो।

जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले सर्वोच्चको अन्तिम फैसलापछि मात्रै मुद्दा फिर्ताबारे निर्णय गरिने स्पष्ट पारेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ताको निर्णयका आधारमा मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो। तर, उक्त निर्णयलाई चुनौती दिँदै युवराज पौडेल (सफल) ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतको आदेशमा सर्वोच्च अदालतमा रिट विचाराधीन भएकाले त्यहाँबाट हुने आदेश प्राप्त भएपछि मात्रै थप निर्णय गरिने उल्लेख गरिएको छ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नगर्ने यस्तै प्रकृतिको आदेश गरिसकेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने सहितका प्रतिवादीहरू संलग्न रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077