Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकास रोक्नेहरूलाई निर्वाचनबाट दण्डित गर्न ओलीको आग्रह

विकास रोक्नेहरूलाई निर्वाचनबाट दण्डित गर्न ओलीको आग्रह

आइतवार , फाल्गुण ३, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले सुरु गरेका गौरवका योजनाहरू रोक्ने र बजेट काट्नेहरूलाई निर्वाचनमार्फत चिन्न र दण्डित गर्न जनतालाई आग्रह गरेका छन्।

आइतबार झापा क्षेत्र नं–५ मा आयोजित निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार विकास निर्माणप्रति अनुदार र प्रतिशोधपूर्ण रहेको आरोप लगाए।

उनले आसन्न निर्वाचनलाई केवल प्रतिनिधि छनोटको प्रक्रिया नभई विकास गर्ने र विकास रोक्ने शक्तिबीचको जनमत संग्रहको रूपमा चित्रित गरे।

“यो निर्वाचन केवल सांसद छान्ने चुनाव होइन, यो विकास गर्ने कि विकास रोक्ने भन्ने निर्णय गर्ने जनमत संग्रह हो,” ओलीले भने।

अध्यक्ष ओलीले एमाले सरकारले झापाको समग्र विकासका लागि अघि सारेका ठूला परियोजनाहरू वर्तमान सरकारले रोकेको दाबी गर्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

“हामीले झापाको विकासका लागि ल्याएका ठूला योजनाहरू अहिलेको सरकारले रोकेको छ,” उनले भने, “एकातर्फ हामी सालिक र स्मारक बनाएर पहिचानको सम्मान गर्छौँ, अर्कोतर्फ उनीहरू बनेका संरचना भत्काउँछन्। यो सालिक बनाउने र भत्काउनेहरूबीचको लडाइँ हो। अब विकास विरोधीलाई चिन्न ढिला गर्नु हुँदैन।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077