Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनतासँग ‘५ बाचा’ गर्दै रविले भने- काम गर्न नसके अर्को पटकको निर्वाचनमा सजाय दिनुहोला

जनतासँग ‘५ बाचा’ गर्दै रविले भने- काम गर्न नसके अर्को पटकको निर्वाचनमा सजाय दिनुहोला

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५ वटा बाचा सार्वजनिक गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार’ नामक बाचा पत्र सार्वजनिक गर्दै आफूहरुले ५ वर्षमा गर्ने ५ काम सार्वजनिक गरेका हुन् ।

जसमा लामिछानेले देशमा सुशासन कायम गर्ने, मध्यम वर्गीय विस्तार, काम काम काम, कनेक्टिभिटी र प्रवास नामक छुट्टाछुट्टै योजना अघि सारेका छन् ।

‘तपाईँहरुले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्तहरु डेलिभरीसहित ५ वर्षभित्र बुझाउन नसकी तपार्ईँ नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करार अनुसार हाम्रो ‘राजनैतिक पर पद’ बाट अर्को पटकको निर्वाचनमा सजाय दिई असुल उपर गरी लिनुहोला । यसमा हाम्रो पार्टीको सम्पूर्ण सदस्यहरुको मञ्जुरी छ । यो करारमा उल्लेख गरेको व्यहोरा साँचो हो, झुठ्ठा ठहरे सहुँला बुझाउँला,’ नागरिक करार पत्रमा भनिएको छ ।

लामिछानेले ५ वटा योजना अघि सार्दै आफूहरुलाई एकल बहुमतको सरकार गठन हुने गरी मत दिन समेत आग्रह गरे ।

यसपटक रास्वपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर चुनाव प्रचारप्रसार गरिरहेको छ ।

यस्तै रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ । 

pp.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077