काठमाडौं । नेपाली कांग्रेसले आज आफ्नो पार्टीको प्रतिज्ञापज्ञ निर्वाचन आयोगमा बुझाउने भएको छ ।
आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधवार सार्वजनिक गर्ने तयारी छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज पार्टी कार्यालय सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए ।
कांग्रेसले यही ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । त्यसैअनुसार सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए ।
निर्वाचन आयोगले दलहरूलाई यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि घोषणापत्र पेस गर्न आजसम्मको समय दिएको छ ।