Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन ६ मा जनकपुरबाट कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै

फागुन ६ मा जनकपुरबाट कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशमा फागुन ६ गते हुने चुनावी सभामार्फत पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले यसअघि आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गर्दै मधेस केन्द्रित चुनावी सभामै घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको घोषणापत्र फागुन ६ गते धनुषाको जनकपुरधाममा सार्वजनिक गरिनेछ ।

घोषणापत्र सार्वजनिक हुने कार्यक्रम कांग्रेस सभापति गगन थापासहित पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने चुनावी सभामै हुने उनले जानकारी दिए ।

कांग्रेसले यसपटक आफ्नो घोषणापत्रलाई ‘भिजन १०’ को थिममा आधारित बनाउँदै त्यसलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077