Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फागुन ३ गते चुनावी वाचापत्र सार्वजनिक गर्ने कांग्रेसको निर्णय

फागुन ३ गते चुनावी वाचापत्र सार्वजनिक गर्ने कांग्रेसको निर्णय

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी वाचापत्र फागुन ३ गते सार्वजनिक गर्ने निर्णय गरेको छ ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले फागुन ३ गते (आइतबार) चुनावी वाचापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

उक्त वाचापत्र पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे सार्वजनिक गरिने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले बताए ।

पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो पाँच वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञा पत्र हुने बताएका छन् । 

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र वा वाचापत्र सार्वजनिक गर्न सूचना जारी गरेको थियो। 

तर, अहिलेसम्म केही प्रमुख दलहरूले आफ्नो वाचापत्र सार्वजनिक गरिसकेका छन्।

यसअघि नेकपा एमालेका सचिव डा.भीष्म अधिकारीले पनि घोषणापत्रको मस्यौदा अध्ययन गर्न लागेककोले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका थिए । 

यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीले पनि फागुन ७ गते आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077