Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाताको माया लिएर ओली काठमाडौं फर्किए

मतदाताको माया लिएर ओली काठमाडौं फर्किए

बिहिवार , माघ २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापामा मतदातासँग बिताएको एक साताको समयपछि काठमाडौं फर्किने क्रममा जनताबाट धेरै माया र विश्वास पाएको बताएका छन् ।

भद्रपुरस्थित विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का मतदाताबाट उल्लेखनीय समर्थन र आत्मीयता पाएको उल्लेख गरे ।

सञ्चारकर्मीहरूले 'मतदाताको माया कस्तो पाउनुभयो ?' भन्ने जिज्ञासा राख्दा ओलीले 'धेरै माया र विश्वास पाएको छु' भन्दै प्रतिक्रिया दिएका हुन् ।

एक साता आफ्नो क्षेत्रमा बिताएका ओलीलाई स्थानीय नागरिकले क्षेत्रका समस्या, विकास योजनाका माग तथा अधुरा आयोजनाबारे जानकारी गराएका थिए ।

साथै, मतदाताले अध्यक्ष ओलीलाई बेलाबेला भेटघाट तथा छलफल कार्यक्रम राखेर जनतासँग प्रत्यक्ष संवाद बढाउन सुझाव समेत दिएका छन् ।

ओलीले सो अवधिमा मतदातासँग पर्याप्त समय बिताउँदै विभिन्न विषयमा छलफल गरेको बताइएको छ ।

यसैबीच, ओली काठमाडौं फर्किनुअघि भद्रपुर–१ स्थित हिमालीमा जलेकोको बुबाको घर अवलोकन गरी फर्किएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077