Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोपनीयता भंग गरेको आरोपमा रास्वपा कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ

गोपनीयता भंग गरेको आरोपमा रास्वपा कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ

बुधवार , माघ २८, २०८२

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत घृणा वा द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको आरोपमा भट्टराई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजातहरू आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए। 

गत माघ २६ गते ती कागजात सार्वजनिक भएपछि मंगलबार कपिलवस्तु नगरपालिका–२ बाट भट्टराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरीले जनाएको छ। 

भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ । भट्टराईलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077