Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कञ्चनपुर कांग्रेसको निर्देशन– अरू दलका उम्मेदवारको पोस्टमा लाईक, कमेन्ट नगर्नू

कञ्चनपुर कांग्रेसको निर्देशन– अरू दलका उम्मेदवारको पोस्टमा लाईक, कमेन्ट नगर्नू

बुधवार , माघ २८, २०८२

कञ्चनपुर। नेपाली काँग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

कञ्चनपुर कांग्रेसले विज्ञप्ति नै जारी गरेर आफ्ना पार्टीका उम्मेदवार बाहेक अन्य पार्टीका उम्मेदवारहरुको पोस्टमा लाईक, सेयर तथा कमेन्ट नगर्न भनेको हो ।

पार्टी सचिव भीमराज भट्टले विज्ञप्ति नै जारी गरेर त्यस्तो निर्देशन दिएका हुन् ।

‘पार्टीका उम्मेदवारहरु बाहेक अन्य उम्मेदवारहरुको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाईक तथा कुनै पनि प्रचारप्रसार जस्ता कार्यहरु नगर्न र कुनै पनि किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यति मात्र नभई उम्मेदवारहरुसँग हिँड्ने, भीडभाड गर्ने तर स्थानीयसँग छलफल तथा विचार आदानप्रदान नगर्ने प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न समेत भनिएको छ । आवश्यकता परेर अन्यत्र वडा क्षेत्रमा जानु पर्ने भए पार्टीलाई जानकारी गराएर मात्रै जान पनि भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077