Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नु पर्छ: अख्तियार प्रमुख राई

सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नु पर्छ: अख्तियार प्रमुख राई

बुधवार , माघ २८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नुपर्ने बताएका छन्। 

आयोगको ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भूमि प्रशासनको उजुरी छानबिन गर्दा सार्वजनिक, सरकारी र वन क्षेत्रको जग्गा निश्चित व्यक्ति र समूहलाई फाइदा हुने गरी न्यून मूल्यमा भाडामा दिने गरिएको पाएको बताए। 

‘उनले भने विभिन्न स्वार्थ समूहले सरकारी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गरेको र हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने कानूनी व्यवस्था कार्यान्वयनमा नआउनु चिन्ताको विषय हो। भन्सार मूल्याङ्कन प्रणाली वास्तविक कारोबार मूल्यमा आधारित छैन। सीमानाका र आन्तरिक बजारबाट राजस्व चुहावट हुने गरेको छ भने जिम्मेवार निकायहरूले प्रचलित कानूनविपरीत राजस्व छुट दिने र न्यून बिजकीकरण गरी राजस्व छली हुने विकृति बढ्दो छ ।’

राईले आयोगमा प्राप्त हुने उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित रहेको जानकारी गराए। 

राईले थप भने- 'राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणका साथै सम्पत्ति विवरण पनि राख्ने व्यवस्था शीघ्र मिलाउन आवश्यक छ।'

उनले भ्रष्टाचारजन्य कसुरको अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रसेवक र नागरिकको एकीकृत व्यक्तिगत विवरण व्यवस्थित हुनुपर्नेमा जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077