Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश दौडाहामा बालेन, सप्तरीमा समर्थकले गरे भव्य स्वागत

मधेश दौडाहामा बालेन, सप्तरीमा समर्थकले गरे भव्य स्वागत

मंगलवार , माघ २७, २०८२

सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानका लागि सप्तरी पुगेका छन् । 

चुनावी यात्राका क्रममा साह मंगलबार दिउँसो सप्तरी पुगेका हुन्। 

केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका बालेन आज मधेश केन्द्रित  भएर चुनावी प्रचार गर्ने बुझिएको छ।

रास्वपा कार्यकर्ता तथा समर्थकले उनको गाडीमा अबिर र पुष्पगुच्छा फाल्दै स्वागत गरेका थिए। 

उनी सप्तरी जिल्लाका पार्टीका उम्मेदवारदेखि मतदातासँग भेटघाटमा छन् । मधेशका अधिकांश जिल्ला दौडाहा गर्दै आज बेलुका बर्दिबास पुग्ने उनको कार्यक्रम छ । बालेन पहिलो सम्बोधन गर्न जनकपुर पुगेर गरेका थिए।

फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गरेर रास्वपा सभापति रवि लामिछाने र नेता साह सँगै चुनावी अभियानमा जाने तयारीमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077