Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावको माहोल तात्दै गर्दा देउवा घरमै, प्रचारमा ननिस्कने

चुनावको माहोल तात्दै गर्दा देउवा घरमै, प्रचारमा ननिस्कने

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचार–प्रसारमा सहभागी नहुने भएका छन् ।

देउवा चुनावी सभामा निस्कने तयारीमा रहेको भन्दै सार्वजनिक भएका समाचारहरूलाई उनको सचिवालयले खण्डन गर्दै हाल कुनै पनि चुनावी कार्यक्रम वा प्रचार अभियानमा जाने तयारी नरहेको स्पष्ट पारेको हो ।

देउवाको सचिवालयले आइतबार विज्ञप्तिमार्फत “चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी भएको छैन,” भन्दै प्रचार अभियानमा सहभागी हुने विषय निराधार रहेको जनाएको छ ।

सचिवालयका अनुसार स्वास्थ्य अवस्थाका कारण देउवा हाल सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रममा सहभागी हुने अवस्थामा छैनन् ।

साथै पार्टीको कुनै पनि तहबाट चुनावी अभियानमा सहभागी हुनका लागि औपचारिक परामर्श वा आग्रहसमेत नभएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077