Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ।

आज सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठक मार्फत कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो ।

समितिको सदस्यमा धना खतिवडा तथा सुवासकुमार पोखरेल तोकिएका छन् ।

बैठकमा उक्त प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले पेश गरेका थिए ।

साथै बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई संशोधनसहित पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077