काठमाडौं । टिमोथी सिफर्टको अर्धशतकमा न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप २०२६ मा अफगानिस्तालाई पाँच विकेटले पराजित गरेको छ ।
आज भारतको चेन्नाईस्थित एमए चिदरमबरम क्रिकेट रंगशालामा टर जितेर ब्याटिङमा आएको अफगानिस्तानले प्रस्तुत गरेको १८३ रनको लक्ष्य न्युजिल्यान्डले १७.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
टिम शेफर्टले विष्फोटक इनिङ खेले । ४२ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्धतमा ६५ रन जोडे । यस्तै, ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाउँदा डेरिल मिचेल २५ तथा मिचेल सान्टनर १४ रनमा नटआउट रहे ।
बलिङतर्फ अफगानिस्तानका मुजीब रहमानले दुई तथा अजमुतल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट लिए ।
त्यसअघि चेन्नईको एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो ।
उसका लागि गुलबदिन नइबले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्धतले ६३ रनको योगदान दिए । यस्तै, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाए ।
बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई तथा म्याट हेनरी, रचिन रविन्द्र, जेकोब डुफीले एक–एक विकेट लिए ।