काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी विदेशी शक्तिको आशीर्वादबाट नबनेको बताएका छन् ।
उनले कामठाडौं निर्वाचन क्षेत्र नं-२ बाट पार्टी उम्मेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताएका हुन् । ।
अध्यक्ष लिङ्देनले पार्टीलाई निषेध गरेर कमजोर बनाउन सकिन्छ भन्ने भ्रम नपाल्न मतदातालाई चेतावनी दिएका छन् ।
उनले भने- 'लिङ्देनले संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै, ‘शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्न वा विरोध गर्न पाउने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो ।'
उनले आगामी प्रधानमन्त्री को हुने भन्ने कुरा विदेशीले मिलाइदिन थालेको टिप्पणी गर्दै मतदाताहरूलाई फेसबुक, रिल, टिकटकमा देखाइएका धारणाले नभई देशको भविष्यलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे ।
साथै, व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँमाथि सरकारले पटक=पटक गरिरहेको अवरोध र पक्राउको कडा निन्दा गरेका छन् । उनले सरकार नियतवश नै प्रसाईँलाई निरुत्साहित गर्न खोजेको आरोप समेत लगाए ।