Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गलोपाका समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेसमा प्रवेश, सभापति थापाले गरे स्वागत

गलोपाका समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेसमा प्रवेश, सभापति थापाले गरे स्वागत

शनिवार , माघ २४, २०८२

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का समानुपातिक दुईजना उम्मेदवारसहित पाँच जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले आयोजना गरेको सदस्य भेलामा कांग्रेस सभापति गगनकुमार थापा तथा सोही क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार एवं महामन्त्री प्रदीप पौडेलले उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा काभ्रे–२ बाट समानुपातिक उम्मेदवार तथा गलोपाकी केन्द्रीय सदस्य डाa. अल्का सापकोटा र काठमाडौं–२ बाट समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य नग्मा खरेल रहेका छन् ।

यसैगरी गलोपाका संस्थापक केन्द्रीय सदस्य जगन्नाथ लामिछाने, बुसन केडी प्रसाईं र इन्दिरा खाती सुनार पनि कांग्रेस प्रवेश गरेका छन्।

कांग्रेस नेतृत्वले पार्टी प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्दै आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

यो प्रवेशसँगै निर्वाचनको मुखमा गलोपालाई काठमाडौंमा ठूलो राजनीतिक झट्का लागेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077